नेपालले कालापानी, लिपुलेख तथा लिम्पियाधुराको भूभाग समेटेर सार्वजनिक गरेको नयाँ नक्साप्रति विरोध जनाउँदै आएकी जनता समाजवादी पार्टीकी सांसद सरिता गिरीले भारतीय मिडियामा विवादास्पद अभिव्यक्ति दिएकी छन्।
भारतीय सञ्चार माध्यमलाई दिएको अन्तर्वार्तामा उनले चीनको उक्साहटमा नेपालले नयाँ नक्सा जारी गरेको बताएकी हुन्। टिभीनाइन भारतवर्षलाई दिएको अन्तवार्तामा गिरीले चीनको कुनै समूहबाट नेपाल उक्साहट भएर नयाँ नक्सा जारी गरेको बताएकी छिन्।
नयाँ नक्सा जारी गर्दा नेपाल सरकारले स्रोत र आधारबारे केही उल्लेख नगरेकाले आफूले आपत्ति जनाएको पनि उल्लेख गरेकी छन्। उनले भारतसँगै चीनको सीमा समस्या समाधान गर्ने गरी नक्सा ल्याउनु पर्ने बताउँदा आफूलाई राष्ट्रविरोधीको रुपमा चित्रण गरिएको आरोप पनि लगाएकी छिन्।
हेर्नुहोस् भिडियो