सुत्केरी र गर्भवती महिलाले बेसार खान हुँदैन : प्रधानमन्त्री ओली

  • प्रकाशित मिति : २०७७ असार ४, बिहीबार
  • नेपाल टेल संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीको रोगप्रतिरोधात्मक क्षमता बलिओ रहेको दाबी गरेका छन्।

बिहिबार राष्ट्रियसभाको बैठकमा बोल्दै प्रधानमन्त्री नेपालमा कोरोनाबाट मृत्युहुनेको संख्या समेत कम रहेको बताए।



उपचार पनि राम्रो भएका कारण कोरोना भाइरस मृत्यु हुनेको संख्या धेरै नभएको पनि उनले दाबी छ।

सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले सुत्केरी र गर्भवतीलाई नयाँ सुझाव दिए।

प्रधानमन्त्री ओलीले सुत्केरीले बेसार खान नहुने बताउँदै अरुले नियमित खाँदा राम्रो गर्ने बताए।

प्रधानमन्त्रीले धेरैले बेसार खाए कोरोना निको हुन्छ भने पनि कतिपय बेलामा बेसार खान नहुने बताएका हुन्। उनले भने’ ‘मैले देखेँ, कतिपयले बेसार खाएर ठीक हुन्छ भनेको तर बेसार खाँदैमा कोरोना निको हुदैन।’ कहिलेकाहीँ बेसारले विषको काम पनि गर्ने उनले बताए। ‘तर यो एन्टिबायोटिक चिज भने हो, तर रक्तअल्पता भएका, जन्डिस भएका सुत्केरी र गर्भवती महिलाले बेसार खानु हुँदैन।’