काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटीको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा प्रारम्भ भएको छ । बैठकमा विभिन्न ७ वटा एजेण्डाहरुमा स्थायी कमिटीका सदस्यहरुले आफ्नो धारणा राख्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभएको छ ।

बैठक बिहान ११ बजेका लागि तय भएपनि करीव ४५ मिनेट ढिलोगरी शुरु भएको हो । बैठकको शुरुवाती मन्तव्यमा नेताहरुबीच परस्परविरोधी अभिव्यक्ति आएकाले दुबै पक्षले त्यसैअनुसार आजको बैठकमा आफूलाई प्रस्तुत गर्ने तयारी गरेको बताइएको छ ।

प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रैबाट आफूलाई घेराबन्दीमा पारिएको तथा जनअपेक्षाअनुसार सरकारले काम गर्दा पनि आलोचना गरिएको भन्दै असन्तुष्टि जनाउनुभएको थियो । त्यसको प्रतिवादमा पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको काम गराइको गतिले अबको ढाइवर्षमा पार्टी समाप्त हुने बताउनुभएको थियो ।

छलफलका ७ विषय
१. वर्तमान परिस्थिति र स्थायी कमिटीको बैठकका सम्बन्धमा अध्यक्षद्वयको सम्बोधन ।
२. कोभिड–१९ को नियन्त्रण, रोकथाम र उपचार ।
३. नेपालको सीमा समस्या र समाधान सम्बन्धमा ।
४. सरकारको कामको समग्र समीक्षा सम्बन्धमा ।
५. पार्टी कामको समीक्षा र सांगठानिक एकताको बाँकी कामहरू सम्पन्न गर्ने सम्बन्धमा ।
६. एमसीसीका सम्बन्धमा ।
७. विविध ।
क. रूकुम घटना
ख. नागरिकता विधेयक
ग. संघीय संसदका सदस्यहरूको भत्ता ।

तपाईको प्रतिक्रिया

RELATED POSTS

error: नेपाल टेलमा प्रकाशित समाचार अनुमतिबिना कहिँ कतै सम्प्रेषण गर्न मनाही छ !