मिति २०७७ साल असार १४ गते, आइतबार, ईश्वी सन् २०२० जुन २८ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । उत्तरायन । ग्रीष्म ऋतु । श्रीशाके १९४२ । जेष्ठ आषाढ शुक्लपक्ष । तिथि-अष्टमी।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) चिठ्ठा पर्ने अधिक सम्भावना रहेकोछ । समुदायको हितको काम गरी समाजमा नाम कमाउँन सकिनेछ । बौद्धिकताको प्रयोग गरी विशिष्ट व्याक्ती हरुलाई बसमा पार्न सकिनेछ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) व्यापार व्यावसायमा आम्दानी कम हुनेछ भने खर्च बढ्नाले आर्थिक व्यावस्थापन गर्न कठिनाई हुनेछ । राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरुले जनताको आलोचनात्मक समर्थन पाउने योग रहेकोछ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) बिद्यार्थी वर्गहरुले पढाइमा मिहिनेत गरी राम्रो नतिजा ल्याउँन सक्नेछन् । पारिवारिक माहोलमा दिन बित्ने तथा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । भाग्यले साथ दिने हुँदा कामहरु समयमा बन्नेछन्।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) प्रेममा रमाउन चाहनेहरुले भरपुर रमाईलो गर्न सक्नेछन्। पारिवारिक माहोलमा जमघट भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुनेछ । माया प्रेमको डोरो कसिलो हुनुको साथै घर परिवारमा बिग्रेको सम्बन्ध सुधार भएर जानेछ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) व्यापार व्यावसायमा प्रशस्त समय लगानी गर्दापनि आम्दानी थोरै हुनेछ । लामो काम वा अध्ययनको शिलशिलामा विदेशी भूमिमा हुनुहुन्छ भने सरसफाईमा विशेष ध्यान दिनुहोला ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) पढाइ लेखाइमा ध्यान नजादा अरुभन्दा पछि परिने सम्भावन रहेकोछ । माया प्रेममा अविस्वास बढ्नेछ भने घर परिवारमा आफन्तबिच घरायसि कुरामा विवाद सिर्जना हुनसक्छ ध्यान दिनुहोला।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन रहने हुनाले पद पाप्तिको गतिलो योग रहेकोछ । नयाँ काम पाउँने तथा गरीरहेको ठाउँमा बढुवा हुनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) धार्मिक स्थलको भ्रमण हुनेछ भने आफ्नो सस्कार तथा रितिरिवाजमा जोगाउन समय लगानी गर्नुपर्ने हुन सक्छ। खोज तथा अनुशन्धानको क्षेत्रमा भनेजस्तो नतिजा हात पार्न सकिनेछ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) व्यापारमा समय दिएपनि आम्दानीन्युन हुने हुँदा आवस्यक्ता टार्न मुस्किल पर्नेछ। पढाइमा मन नजाने तथा अरुकै पोल्टोमा नतिजा पर्नेछ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) व्यापार व्यापारमा लगानी गरेपनि आम्दानी कम हुने हुँदा दैनिकी चलाउँन हम्मे हम्मे पर्नेछ। स्वास्थ्य सम्बन्धी सामान्य समस्या आउँने तथा कामहरु प्रभावित हुनेछन् ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) पढाइ लेखाइमा एक कदम अगाडि बढि नतिजा हात पार्न सकिनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ । न्यालयबाट हुने न्याय सम्पादन तपाईँकै पक्षमा हुनेछ ।

तपाईको प्रतिक्रिया

RELATED POSTS

error: नेपाल टेलमा प्रकाशित समाचार अनुमतिबिना कहिँ कतै सम्प्रेषण गर्न मनाही छ !