बालुवाटारमा तमासा छ- गगन थापा

  • प्रकाशित मिति : २०७७ असार १७, बुधबार
  • नेपाल टेल संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् सांसद गगन थापाले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आन्तरिक कलहलाई सामाजिक सञ्जालमा ‪‘बालुवाटारमा तमासा छ’ भन्दै एक स्टाटस लेख्नुभएकाे छ ।

उहाँले ट्वीटरमा लेख्नुभएकाे छ ‘‪सरकार चलाउनेहरु जोगिन र आफ्ना जोगाउन व्यस्त छन्।तर, न त सलह किराले आफ्नो काम रोकेको छ न त कोरोना भाइरसले ! बरु यिनको त गति र प्रभाव बढ्दो छ।‬ ‪त्यसैले नेकपा सचिवालयलाई विनम्र अनुरोध छ : अति भयो यो तमासा अब हामीलाई कुरा सुन्ने र काम गर्ने सरकार दिनुहोस्।‬’

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार बसेको नेकपा स्थायी कमिटीको बैठकमा नेकपा शिर्ष नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्दै एकअर्काविरुद्ध आरोप प्रत्यारोप गरेका थिए ।