काठमाडौँ । साताको पाँचौ दिन अर्थात बिहीबार सुनको मूल्य घटेको छ।
आज छापावाल सुन ७ सय रुपैयाँले घटेर प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो छापावाल सुन प्रतितोला ९१ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै आज तेजावी सुन प्रतितोला ९० हजार ५ सय ६५ रुपैयाँमा कोरोबार भइरहेको छ। हिजो तेजावी प्रतितोला ९१ हजार २ सय ६५ रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै आज चाँदीको भाउ पनि घटेको छ। आज चाँदी प्रतितोला ९५० रुपैयाँमा कोरोबार भइरहेको छ। हिजो चाँदी प्रतितोला ९६० रुपैयाँमा कारोबार भएको थियो।