काठमाडौं । सत्तारुढ दल नेकपाका शिर्ष नेताहरुबीच शुक्रबार बालुवाटारमा छलफल भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली अर्का अध्यक्ष पष्पकमल दाहालसहितका नेताहरुबीच छलफल भएको हो।
बैठकले पार्टी एकताको मर्मअनुरुप अगाडी बढ्ने समझदारी गरेको बैठकमा सहभागी नेताहरुले बताएका छन्।
छलफल सकारात्मक दिशामा अघि बढेको र दुबै पक्षलाई मिलाएर अघि बढ्ने आधार तयार भएको बताइएको छ। छलफल भोलि पनि जारी रहने
दुई अध्यक्षबीच ३ घण्टासम्म चलेको छलफलमा महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य जनार्दन शर्मासमेत सहभागी थिए।