लकडाउनलाई लक्षित गर्दै समयमा नेपाल टेलिकमले स्टे कनेक्टेड र एनसेलले स्टे होम नाममा सस्तो मूल्यमै इन्टरनेट चलाउन मिल्ने गरी विशेष डेटा प्याकहरु ल्याएका छन् । इन्टरनेट चलाउँदा प्रति एमबी डेटाको मूल्य एनसेलमा दुई रुपैयाँ र टेलिकममा एक रुपैयाँ छ ।
लक डाउन अवधिक लागि एनसेलले प्रति एमबी डेटाको मूल्य २ रुपैयाँबाट घटाएर १ रुपैयाँ ५० पैसा कायम गरेको छ । भने टेलिकमले लकडाउनको अवधिमा प्रतिएमबी ट्यारिफ ९० पैसामा झारेको छ । एनसेलमा प्याक नलिएरै दुई रुपैयाँ मेन ब्यालेन्सबाट इन्टरनेट चलाउँदा बोनस सहित ३.३२ एमबी डेटा प्राप्त हुन्छ भने सय रुपैयाँ खर्च गर्दा २३६ एमबी प्राप्त हुने कम्पनीले जनाएकाे छ ।
नेपाल टेलिकमले ५ दिनका लागि १०० रूपैयाँमा ४ जीबी भोल्युम २.५ पैसा प्रति एमबी र ७ दिनका लागि २०० रूपैयाँमा १० जीबी भोल्युम २ पैसा प्रति एमबीमा दिएकाे जनाएकाे छ भने एनसेलले ७ दिनका लागि २९३.६९ रूपैयाँमा १५ जीबी भोल्युम २ पैसा प्रति एमबी दिएकाे जनाएकाे छ ।