काठमाडौं । सोमबार सुनको भाउ घटेको छ । सोमबार सुन प्रति तोलामा ३ सय रुपैयाँले घटेर ९० हजार २०० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार सुन प्रति तोला ९० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज तेजावी सुन पनि ८९ हजार ७६० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासँघले जनाएको छ । आज चाँदीको भाउ स्थिर रहेको छ । सोमबार चाँदी ९४० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।