बाह्रबिसेको उद्धारकार्यमा खटिन आफ्ना कार्यकर्तालाई काँग्रेस सभापति देउवाको निर्देशन

  • प्रकाशित मिति : २०७७ असार २५, बिहीबार
  • नेपाल टेल संवाददाता

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सिन्धुपाल्चोकको बाह्रविसे गाउँपालिका क्षेत्रको उद्धारकार्यमा खटिन आफ्ना कार्यकर्ताहरुलाई निर्देशन दिएका छन्।

साथै उनले छिटोभन्दा छिटो उद्धार टोली परिचालन गर्न सरकारलाई पनि आग्रह गरेका छन्।



सामाजिक सञ्जाल ट्वीट मार्फत देउवाले आफ्ना कार्यकर्तालाई उद्धार कार्यमा खटिन आग्रह गरेका हुन्।

उनले ट्वीटमा लेखेका छन्, ‘म सिन्धुपाल्चोकका काँग्रेसका साथिहरुलाई तत्काल उद्धारमा खटिन निर्देशन गर्दछु । सरकारलाई छिटोभन्दा छिटो त्यो क्षेत्रमा उद्धार टोली खटाएर थप मानविय र भौतिक क्षेत्र हुन जोगाउन अनुरोध गर्दछु। ’

सिन्धुपाल्चोकमा गएराति आएको बाढीले बाह्रबिसे नगरपालिका र भोटेकोशी गाउँपालिका क्षेत्रमा ठूलो क्षति पुर्याएको छ। बाढीका कारण केही घर बगेका छन् भने दुई जनाको शव भेटिएको छ । १८ जना वेपत्ता भएका छन्।