भारतीय मिडियाबारे राजनीतिक र कानुनी उपचार खोज्छौं : सरकारका प्रवक्ता

  • प्रकाशित मिति : २०७७ असार २५, बिहीबार
  • नेपाल टेल संवाददाता

काठमाडौं । सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री युवराज खतिवडाले भारतीय मिडियाको आपत्तिजनक समाचारको विषयमा सरकारले राजनीतिक र कानुनी उपचार खोज्ने बताएका छन्।

बिहिबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आयोजित कार्यक्रममा मन्त्री खतिवडाले सरकारले कानुनी र राजनीतिक उपचार खोज्ने बताएपनि कस्तो उपचार हुने भन्नेबारे केही खुलाएनन्।



भारतीय मिडियाको हर्कतलाई लिएर अहिले चौतर्फी रुपमा ती मिडियामाथि प्रतिबन्ध लगाउँनुपर्ने आवाज उठिरहेको छ।

मन्त्री खतिवडाले मिडियाहरुमाथि प्रतिबन्ध लगाउनुभन्दा आफैँ अनुशासनमा बस्ने भएपनि त्यसो हुन नसके कुटनीतिक संयन्त्र परिचालन गर्नुपर्ने बताए।

नेपालको राष्ट्रियता र राष्ट्रहितमा आँच आउने गरी कुनै पनि सामग्री प्रकाशन र प्रशारण नगर्न पनि मन्त्री खतिवडाले भारतीय मिडियालाई आग्रह समेत गरे।

दुई दिन अघि अघिमात्रै भारतीय च्यानल जी न्युजले प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीलाई जोडेर आपत्तिजनक रिपोर्ट प्रशारण गरेको थियो।