नेकपा स्थायी कमिटी बैठक स्थगित

  • प्रकाशित मिति : २०७७ असार २६, शुक्रबार
  • नेपाल टेल संवाददाता

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आगामी शुक्रवारसम्मका लागि स्थगित भएको छ । देशभर भइरहेको अतिवृष्टि र बाढीपहिरोको कारण स्थायी समिति बैठक एक साताको लागि स्थगित गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी गराउनु भएको छ । प्रवक्ता श्रेष्ठले ट्वीटमार्फत स्थायी समिति बैठक स्थगित भएको जानकारी दिनुभएको हो ।

‘देशभर भइरहेको अतिवृष्टि र सिन्धुपलाञ्चोक लगायत केही जिल्लामा जनधनको ठूलो क्षति समेत भइसकेको स्थितिमा सम्पूर्ण पार्टीपंत्तिलाई उद्दार एवं राहतमा लाग्न र आसन्न संभावित क्षतिलाई सकेसम्म रोक्ने कार्यमा लाग्न पार्टी केन्द्रीय कार्यालयको तर्फबाट निर्देशन दिँदै स्थायी कमिटीको बैठक ७ दिन स्थगित’, प्रवक्ता श्रेष्ठले ट्वीटमा उल्लेख गर्नुभएको छ । नेकपाको स्थायी समिति बैठक स्थगित भएको यो पाँचौँ पटक हो ।