काठमाडौं । भारतीय मिडिया नेपालबारे अनर्गल प्रचारमा उत्रिएपछि नेपालले कुटनीकि नोट पठाएको छ।
नेपालबारे विवादास्पद रुपमा धारावाहिक शैलीका प्रोपोगन्डा मच्चाएर दुई देशबीचको सम्बन्धमा नकारात्मक असर पार्न खोजेपछि परराष्ट्र मन्त्रालयले भारत सरकारसँग गम्भीर आपत्ति सहितको कुटनीतिक नोट पठाएको हो।

आधारहीन, बनावटी, गलतसामग्री प्रसारण गरेको हुँदा त्यसले नेपाली जनता र नेपालको नेतृत्वको भावनामा चोट पुर्याएको नोटमा उल्लेख गरिएको छ।
मिडियाका यस्ता सामग्रीले आम जनतालाई गलत सूचना दिने र भ्रमित गर्ने मात्र नभई एउटा सभ्य समाजमा अपेक्षा गरिने न्यूनतम सार्वजनिक मर्यादालाई समेत आघात पुर्याउने सो नोटमा उल्लेख गरिएको छ।