काठमाडौं । केहीदिन यता लगातार जसो बढीरहेको सुनको मूल्यले आज नयाँ रेकर्ड कायम गरेको छ ।
शुक्रबार सुनको मूल्य प्रतितोला ९५ हजार ८ सयमा पुगेर हालसम्मकै उच्च रेकर्ड राखेको छ।
बिहीबार ९४ हजार ५ सयमा कारोबार भएको सुन एकैदिन १३ सयले बढेर ऐतिहासिक रेकर्ड राखेको हो।
आज चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेर ११ सय ५० रुपैयाँमा कायम छ।
अघिल्लो दिन चाँदीको मूल्य ११ सय ४५ रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो।