बालुवाटारमा वान टु वान वार्तापछि नेकपा बैठक स्थगित

  • प्रकाशित मिति : २०७७ श्रावण १३, मंगलवार
  • नेपाल टेल संवाददाता

काठमाडौं। आज ११ बजे बस्ने भनिएको बैठक नेकपाका दुई अध्यक्षबीच बालुवाटारमा वान टु वान वार्ता भएपछि बैठक स्थगित गरिएको हो ।

१० असारदेखि जारी स्थायी समितिको बैठक विवाद अहिले उत्कर्षमा पुगेको छ । पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल लगायतका अन्य नेताहरुले दुवै पदबाट ओलीको राजीनामा माग्दै आएका छन् ।



यो विषय स्थायी कमिटीले टुंगो लगाउने भनेर छोडे पनि नेकपाको बैठक राम्रोसंग बस्न सकेको छैन् । बैठकमा कहिले प्रधानमन्त्री अनुपस्थित हुँदै आएका छन् भने कहिले बोलाइएको बैठक स्थगित हुँदै आएको छ ।

आजको बैठकमा ओली पक्ष अध्यक्ष दाहालसँग छलफल गरेर यो विषयलाई मिलाउने कुरा थियो भने पुष्पकमल र माधवकुमार पक्ष बहुमतको आधारमा निर्णय गर्ने आशंका गरिएको थियो ।