बालुवाटारमा अहिले क्याबिनेट बैठक, महत्त्वपूर्ण निर्णय गर्न सक्ने

  • प्रकाशित मिति : २०७७ श्रावण १९, सोमबार
  • नेपाल टेल संवाददाता

काठमाडौं । लकडाउन खोलिएपछि कोरोना संक्रमण बढिरहेका बेला मन्त्रिपरिषद् बैठक बसेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा अहिले क्याबिनेट बैठक बसिरहेको छ।



आजको बैठकले कोरोना महामारी नियन्त्रणका लागि केही निर्णय लिने बुझिएको छ।

सरकारले उपत्यकाका सवारीमा जोर-बिजोर प्रणाली लागूगर्ने, होटल तथा रेष्टुँरेन्ट बन्द गर्ने लगायतका निर्णय गर्न सक्ने ठानिएको छ।

संक्रमणका घटना बढेपछि स्वास्थ्य मन्त्रालयले हालै निजी तथा सार्वजनिक सवारी साधनहरुमा जोर-बिजोर लागु गर्न कोभिड–१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी)प्रस्ताव गरेको छ।