राष्ट्रिय सभाका ४ वटा समितिको सभापति चयन गर्न आज निर्वाचन हुँदै

  • प्रकाशित मिति : २०७७ श्रावण २३, शुक्रबार
  • नेपाल टेल संवाददाता

काठमाडौं । राष्ट्रिय सभा अन्तर्गतका समितिका सभापतिहरुको निर्वाचन आज (शुक्रवार) दिउँसो १ बजे हुँदै छ ।

राष्ट्रिय सभा अन्तर्गतका ४ वटै समितिका सभापतिहरुको सम्बन्धित समितिको कार्यकक्षमा आज हुने निर्वाचनका लागि बिहीबार नै ४ जना उम्मेदवारहरुले प्रस्तावक र समर्थक सहितको प्रस्ताव दर्ता गराएका छन् ।



राष्ट्रिय सभाको सचिवालयले जारी गरेको निर्वाचन तालिका अनुसार दिगो विकास तथा सुशासन समितिमा सांसद तारादेवी भट्ट, विधायन व्यवस्थापन समितिमा सांसद पर्शुराम मेघी गुरुङ, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा सांसद रामनारायण विडारी र राष्ट्रिय सरोकार तथा समन्वय समितिमा सांसद दिल कुमारी रावल थापा (पार्वती)ले मनोनयन दर्ता गराएका हुन् । उनीहरु यस अघि पनि ती समितिको सभापति थिए ।

राष्ट्रियसभा सचिवालय सिंहदरवारमा बिहीबार ११ वजेदखि ४ वजेसम्म समितिको सभापति पदमा मनोनयन दर्ता गराएका उम्मेदवारहरुको अपराह्न अपराह्न ४:३० वजे नामावली प्रकाशन गरिएको थियो ।

राष्ट्रिय सभा समिति सदस्य तथा सभापतिको कार्यावधि दुई वर्षमा सकिने व्यवस्था अनुसार नयाँ सभापतिको मनोनयनका लागि निर्वाचन गर्न लागिएको हो ।