मुटु र खुट्टामा समस्या आएपछि सांसद रेशम चौधरी अस्पताल भर्ना

  • प्रकाशित मिति : २०७७ श्रावण २३, शुक्रबार
  • नेपाल टेल संवाददाता

काठमाडौं। स्वास्थ्यमा समस्या देखिएपछि सांसद रेमश चौधरी अस्पताल भर्ना भएका छन्।

डिल्लीबजार कारागारका जेलर गणेश आचार्यका अनुसार खुट्टा र मुटुमा समस्या भएपछि उनलाई सोमबार वीर अस्पताल लगिएको हो।



‘उहाँको खुट्टा सुन्निएको र मुटु सम्बन्धी समस्या आएको भनिएपछि अस्पताल लगिएको हो,’ जेलर आचार्यले भने।

२०७२ साल भाद्र ७ गते टिकापुरमा थरुहट आन्दोलन हिंसात्मक बन्दा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ७ जना प्रहरी र १ नाबालकको ज्यान गएको थियो।