इस्लामावाद । भारतले हालै फ्रान्सबाट पाँच वटा आधुनिक ‘राफेल’ लडाकू विमान भित्र्याएको छ।
राफेल विमान आइपुगेपछि भारतीय वायुसेनाको क्षमता एकाएक बढेको टिप्पणी भारतीय विज्ञले गर्ने गरेका छन्।
आधुनिक विमान ल्याइएपछि अब भारतको सैन्य क्षमता पाकिस्तानको भन्दा कैयन गुणा बढेको र चीनलाई टक्कर दिने अवस्थामा आइपुगेको भारतीयको टिप्पणी छ।
विमान भारतीय भूमीमा अवतरण गरेपछि भारतीय रक्षामन्त्री राजनाथ सिंहले एक ट्वीटमा भनेका थिए, ‘भारतको अखण्डता र सार्वभौमिकतामाथि आँखा लगाउँनेहरुले अब चिन्ता लिनुपर्नेछ।’
रक्षामन्त्री सिंहको ट्वीट सीमा विवाद रहेको चीन र पाकिस्तालाई जस्ता देशलाई लक्षित थियो।
भारतीय लडाकु विमानबारे पाकिस्तानले बिहिबार प्रतिक्रिया दिएको छ।
बिहीबार पाकिस्तानी सेनाले भनेको छ, ‘भारतले ५ वटा राफेल ल्याओस वा ५ सय वटा नै ल्याओस फरक पर्दैन, पाकिस्तान पूर्ण रुपमा तयारमा छ।’
पाकिस्तान सेनाका प्रवक्ता मेजर जनरल बाबर इफ्तिखारले भारतले राफेल ल्याएको होस् वा एस-400, पाकिस्तान कुनै पनि आक्रामकताको जवाफ दिन पूर्ण रूपमा तयार रहेको बताएका हुन।
आज (अगस्ट १४) मा पाकिस्तानले स्वतन्त्रता दिवस भव्य रुपमा मनाउँदै छ।
स्वतन्त्रता दिवको अघिल्लो दिन आयोजित पत्रकार सम्मेलनमा पाकिस्तानी सेनाका प्रवक्ताले राफल, भारतको बढ्दो रक्षा बजेट, कश्मीर, युद्धविराम उल्लंघन र पाकिस्तान-साउदी अरेबिया सम्बन्धको बारेमा बोलेका छन।
मेजर जनरल इफ्तिखारले भने, ‘पाकिस्तान भारतको बढ्दो सैन्य खर्च र रक्षा बजेटको बारे चिन्तित छ। तर, कुनै पनि किसिमको आक्रामकताको लागि तयार छ।’
राफेलबाट पाकिस्तानलाई पैदा भएको धम्कीका सम्बन्धमा मेजर जनरल इफ्तिखारले भने, ‘भारत अहिले सेनामा सबैभन्दा बढी खर्च गरिरहेको छ। उ हतियारको दौडमा सम्मिलित देखिन्छ। फ्रान्सबाट भारत सम्म ५ राफेलको यात्रा कभरेज जस्तो तरीकाले गरियो यसले उनीहरूको असुरक्षाको स्तर देखाउँछ।’
उनी भन्छन्, ‘यसका बाबजुत चाहे ५ राफेल किनोस् वा ५ सय हामीलाई केही चिन्ता छैन। हामी एकदम तयार छौं र हाम्रो क्षमतामाथि कुनै सन्देह छैन। राफेलको आगमनले कुनै फरक पार्ने वाला छैन।’