धत के गरेकी यो? तिमी बिवाहित नारी हौ !

  • प्रकाशित मिति : २०७८ बैशाख २५, शनिबार
  • पुजा लामिछाने

काठमाडौं। धेरै बर्ष पछि कोहि आफ्नो आए जस्तो लागेको थियो ।मनमा अर्कै महशुस गरेकी थिए लाग्थ्यो कोहि आफ्नै नजिकको मान्छे परबाट आफुतिर नै आइरहेको ……मिलेका सेता दात ..भर्खरै दुइचार दिन आगि मात्र छाटेको जुँगा दारी अनि गोला काला आँखा….बाक्ला आखी भौ ..लामा कपालका तान्द्रा …आकासे निलो सर्ट खैरो तर घिउ रङ्गको पाइन्ट ….छालाका जुत्ता ..असाध्यै स्मार्ट देखिन्थ्यो उ हेर्दा कुनै सिनेमाको हिरो जस्तै .. दाहिने हातको बटन मिलाउदै उ म तर्फ आइरहेको म प्रष्ट देखि रहेकि थिए । खिस्स हास्दै … उस्को हासोमा साथ दिए जस्तै गरि म आफै मुस्काउन थाले … कत कता मन चिसो न्यानो कस्तो कस्तो छुट्ट्याउन नसक्ने खालको अनुभुती गरेकी थिए!

मुटुको धड्कन बडे जस्तो मुटु नै बाहिर निस्कन्छ कि जस्तो लाग्न थाल्यो ।उ मेरै लागि मेरा नजिक आएको अनुभव गरे ।आँखा एक फेर पनि झिमिक्क नगरि एकनासले हेरिरहे …..उ मेरो नजिकै आयो! दरि जुँगाले छेकेर केही अंश मात्र देखिएको उस्को ओठ सलबलाउदै मेरो नाम पुकारे जस्तो लाग्यो … सान्ती … सान्ती … ए सान्ती म झसङ्ग भए “हजुर” मैले जवाफ फर्काए … कहाँ टोलाएकी ???



म उसलाई एक टकले हेरि मात्रै रहे …. उ बोल्यो असाध्यै खुलेको छ यो फरिया तिमिलाइ … मैले गुलाबी रङ्गको सारिमा हरियो पाते बुट्टा भएको सारी अनि गुलाबी रुबिको ब्लाउज लागएकी थिए । निधारमा सानो गुलाबी टीका छ्ड्के सिउदो गरि कपाल बाटेकी थिए … हातमा कपडा सगै मिल्ने रङ्गको गुलाबी काचका चुरा ट्म्म लगाएकि थिए …..उ सबैको एक एक बयान गर्दै थियो मेरा दात उसको जस्तो मिलेका थिएनन् । कहिलेकाही दारे भनी जिस्काउथ्यो उ .. मेरो दाहिने हात समायो …

उसले हेर्यो मेरो हातका औंलामा देख्यो उसले पहिलो बैबाहिक बन्धन गाठोमा उपहार स्वरुप लगाइदिएको गणेश मुर्तिको औँठी जसले मेरा हातका सोभा बढाएको थियो। निकै प्यारो लाग्ने त्यो उपहार कहिल्यै खोल्ने प्रयास नै गरिन …. जब गणेश हेर्थे म उसलाई देख्थे हाम्रा बाचा कसम सम्जिन्थे अग्नि साची राखेर खाएका ….उसले बोल्यो कपाल मुठार्यौ क्या??? लामो केश ले नै असाध्यै सुहाउथ्यो … अनि मलाइ पनि तिम्रो लामो केस नै मन पर्थ्यो उ बोल्यो …म झुकेका नजरले उसका आखामा हेरे …. हेरे मात्र बोलिन केही …उ हरेक कुराको बयान अनि अपुग चिजको गुनासो गर्दै थियो । म मिठो मुस्कान सहित सुनी मात्र रहे … उसले कडा तर मायालु स्वरमा भन्यो खै त गलामा पोते अनि सिउदोमा सिंदुर ???? धत के गरेकी यो? तिमी बिबाहित नारी हौ !

सौभाग्य हो यो तिम्रो …तिम्रो अस्तित्व बलियो पार्न गलामा पोते अनि सिउदो मा सिन्दुरको धर्को लगाएर पन्चेबाजा बजाएर घर भित्र्याएको हु यसरी खालि तिमिलाइ सोभा दिदैन सिंदुर भर सिउदो मा लगाउ रातो पोते गलामा …. जस्ले तिम्रो सौन्दर्य र सुन्दरतामा मीठो सुबास दिन्छ । मेरा आखाहरु तिम्रो सिउदो मेरो नामको सिन्दुरले भरिएको र तिम्रो गलामा मेरो नाउको पोते छरिएको देख्न रुचाउँछ। यसरी खाली नराख्नु .. उ एकोहोरो बोली रह्यो !

ममा कता कता हीनताबोध भइरहयो सम्झिए उसले अग्नि साक्षी राखेर सात फेरा लिइ माइतीको आँखा छ्लेर यो सिउदो रङ्गाएको क्षण सम्जिए ….नजिकैको एना हेरे कुरुप जस्तै लाग्यो खल्लो लाग्यो नजिकै बाट पोते झिके गलामा पहिरिए … सिन्दुरको बट्टा झिके दहिने हातको बुढी र चोर औलाले एक चिमटी सिंदुर निकाले बिस्तारै सिउदो तर्फ लगे हात निधारमा पुग्दा नपुग्दै बिउझिए …. हातको सिंदुर खसेर छरपस्ट भुइ भरी भए जस्तो लाग्यो … गहिरो निन्द्रा बिच चिम्लिएका यी एक जोडी नयन डराउदै खुले … शरीरभरी पसिना छुटे … जुरुक्क उठे वरपर हेरे अह देखिन अघिको त्यो स्मार्ट पुरुष … आफुलाइ हेरे अह थिइन म त्यो गुलाबी सारिमा … थिएन्न मेरा हातमा चुरा अनि गलामा पोते …. डराए… हत्तपत्त बत्ती बाले भित्तामा फुलको माला बिच रहेको तस्बिर देखे…. ठ्याक्कै अगाडी देखेको अनुहार फुलबिचको तस्बिरमा कैद थियो ।

झसङ्ग भए.. दुई हातले अनुहार समाए ….सपना रहेछ … कस्तो भएङ्कर सपना जुन अब बाचुन्जेल बास्तबिकता हुने छैन… जुन सिउदो चरेस ओमखराबाट पानीका धारा बगाइ जबर्जस्ती पखालिएको थियो …. ढुङ्गा बिच हात राखी झरामझुरुम पारी बाध्यतामा काचका चुरा फुटाइएका थिए ।अग्नि साची राखी लगाएको रातो पोते लासको साक्षी राखी चुढाइएको थियो ….कसरी देख्न सकेकी मैले येस्तो सपनामा ?? कसरी पुन सिउदो रङाउने साहस गरेकी? सेतो फरियामा बेरिदै रंगिन सारिहरु आँखा अगि नै जलाएको कसरी बिर्सन सकेकि मैले??? गुलाबी सारिमा लजाउदै एना सम्म जाने आट कसरी गरेकी मैले? त्यो गलामा रातो पोते पहिरने अनि सिउदो रातो रङ्गले भर्ने हिम्मत कसरी गरेकी मैले जुन अधिकार आज भन्दा ५ बर्ष पहिले उसैको चितालाइ साक्षी राखी समाज अनि परिवारको सामु गुमाइ सकेकी थिए ।

सोच्नु न सम्जनु यति लामो समय पश्चात् यस्तो सपनाले आज किन बिउझायो ?किन मैले आफू सजिएको देखे?? मलाइ किन रङ्ग हरु सग खेल्न मन लाग्यो ? म किन रमाउन सकिन यी बास्तबिकताको सफेद रङ्ग सग ?? किन मलाइ तर्सायो यी बिगतको क्षण हरुले …. बास्तबिकताका क्षण मा बाचिरहेकी मलाइ किन झस्कायो बिगतले??? अनेकौं प्रस्न आए मनमा आफ्नो एक्लो जिबनलाइ धिकार्दै आँखा रसाइ रहे… बस रसाइ रहे …. थाकेछन क्यारे आँखा … ओइलाएछन कति बेला चिम्लिन पुगेछु …..पत्तो पाइन …. रातिको चिट्चिहाट्ले निदाउन नसकेकि म बिहान अबेर सम्म सुतेछु ।

बिउझिदा समेत सपनाले गर्दा जिउ लगलग कापी रहेको थियो ! कहिले अब पूरा नहुने सपना यी आखालाइ किन देख्नु परेको? यस्तै य्सतै कुरा मनमा खेली रहे … मन अमिलो भयो …. केही जात काम गर्ने आट हिम्मत आएन न त जागर नै…. उपाय एउटै थियोे सपना हो सपनामा मै सिमित राखि आगि बड्ने दिनचर्या सुरु गर्ने … भित्ताको फुलमाला बिचको तस्बिर हेर्ने ….