सम्पुर्ण एकल आमाका लागि मुख हेर्ने दिनको अवसरमा उपहार

  • प्रकाशित मिति : २०७८ बैशाख २८, मंगलवार
  • पुजा लामिछाने

उपहार के दिउ आमा तिम्रा लागि तिम्रो मलिन अनुहार मलाइ अब हेर्नू छैन समाजको डरले झुकाएका नजरमा मेरा रहर पटक्कै हेर्न मन छैन
त्यसैले आमा

तिम्रा पति नामका पुरुष स्वर्गीय भएका हुन
तिम्रा रहर अनि इच्छाहरु होइन्न त्यसैले त म भन्छु आमा तिम्रा हरेक रहर र इच्छा स्वतन्त्र भइ पूरा गर

तिम्रो पतिको नामको सिन्दुर पखालिएको हो
बट्टा भरिको अबिर होइन त्यसैले त म भन्छु आमा
तिमि कुनै पस्चताब अनि संकोच बिना नै रङगाउ निधार

तिम्रो पतिले दिएको लगनको पोते चुडाइएको हो
गलाका मालाहरु हैनन त्यसैले त म भन्छु आमा
सुन्दर मालाहरुमा सजिने गर

तिम्रा पतिको पार्थिब शरीर जलाउदा समाजको कुरुप
रङहरु जलाइएको हो तिम्रो रहरका रङ्गहरु होइन त्यसैले त म भन्छु आमा तिमि हरेक दिन नया नया रङमा सजिने गर

तिम्रो जिबनको सहयात्रीको साथ छुटिएको हो
तिम्रा साथीहरूसगको होइन त्यसैले त म भन्छु आमा
तिमी साथिहरु सग रमाउने गर

तिम्रो पतिसगको यात्रा मात्र रोकिएको हो
तिम्रो जीवन यात्रा होइन त्यसैले त म भन्छु आमा
आफ्नो गन्तव्यमा पाइला राख

तिम्रो परिवारको आकार परिवर्तन भएको हो
तिम्रो आट र स्वाभिमानको होइन त्यसैले त म भन्छु आमा बिश्वास गर र अगि बड

तिमी एक्लो भएकी होइनौ तिम्रो साहास दोब्बर भएको हो त्यसैले त म भन्छु आमा बिना कसैको कुरा सुनि जीवन सजाउ अनि रमाउ ….