समिताको अपुरो डायरी ………

  • प्रकाशित मिति : 2021-04-16
  • पुजा लामिछाने

काठमाडौं। हास्नै डर लाग्छ रमाउन नै डर लाग्छ हरेक पटकको हासो र रमाइमा यो खुसी र रमाइको अन्त्य पछि के त भन्ने प्रस्नले निकै गहिरो जरो गाडेको हुन्छ प्राय मेरो सन्दर्भमा..भगवान पनि कहि कतै त मेरा निम्ति अति नै निर्दयी बनेका छन भन्ने लाग्छ ! पहिला भ्रम लाग्थ्यो अहिले बास्तबिकता .. आजको मितिमा औलाले गन्ने हो भने पनि यक जोडि हातलाइ दुई फेर गन्दा बल्ल बल्ल मुस्किलले बुबा बितेका दिनलाइ गन्न सकिने रहेछ !

आमाले एक्लै दुई अभिभावकको अभिबाकत्त्व र जिम्मेवारी बहन गर्ने आट बटुलेको पनि दुई दसक पुगेछ! यि यात्रा असहज त पक्कै थियो तर असम्भव भने पक्कै नै रहेनछ! पारिवारिक जमघट अनि सन्दर्भ परिवारको हुदा न्यास्रो अनुहारमा उठेर एकान्तमा गइ भक्कानिनु बहेक अरु बिकल्पै नहुने रहेछ ! आज आकाश गर्जिरहदा मैले अन्तिम पटक बुवा उठ्नुस न भनी ती कलिला ओठले पुकार्दै ..अन्तिम पटक ती जिम्मेवार हात समाएको चित्रले पट्क्कै अन्त ध्यान मोड्न सकेन!



आगनको देब्रे पट्टि रहेको त्यो मन्दिरमा मुडो सरि लडिरहेको बुवाको शरीरलाई आज म धमिलो तरिकामा याद गरिरहेकी छु ! लाग्छ अब मैले बुवा को अनुहार नै बिर्से मलाइ दुई चार कुरा मात्र याद हुनेछ अनुहार होइन ! सम्झु पनि कसरी त्यो बाल मस्तिष्कलाई मैले कसरी जबर्जस्ति गर्नु? आज ठ्याक्कै मौसम उस्तै छ कालो आकस ,मुटु नै कापने गरि गर्जन अनि आङ नै सिरिङ हुने गरि त्यो आकासको मिल्काइ …. फरक यती छ बिगतको दिनमा बुवाको हात समाइ बुवा बुवा भनि पुकार्दै नजिकै थिए आज अन्जान सहरको घरमा एक्लै …

आज मैले ठ्याक्कै आकाश र मलाइ एउटै गरि दाजिरहेकी छु आकाश निलो कालो हुँदै चारै तिर धुम्म छ गर्जिरहेछ तर अह पानी पर्नै सकेन आफ्नो ती गर्जन मिलकाइ अनि ती काला बादललाई बिदा गरि सफा अनि उज्ज्यालो हुनै सकेन र म धमिला याद अनि ती बालापनका दुई चार सम्झनालाइ बिदा गरि अघि बडनै सकिन ! यो परिवार भन्ने चिज नि अचम्मको हुने रहेछ! आकाश गर्जिदै छ अनि एता मेरो मन भक्कानिदै ! कहिले आकाश निचोरिन्छन त कहिले यी एक जोडि आखाहरु…मलाइ यो चिसो मौसम अनि बर्सात फिटिक्कै चित्त पर्दैन मलाइ जुन याद्ले पटकपटक पछाडी तानिरहेको हुन्छ तिनै यादको सम्झना यिनै काला बादल बेसुरमा खस्ने यी पानीका ढिक्का अनि गर्जनले दिलाइ रहेको हुन्छ ! त्यसैले त मन पर्दैन मलाइ यो बेसुरे बर्सात …

आवस्यकता र अभाव बिल्कुलै फरक रहेछ आज चलिरहेको यो मौसमको बेगमा बुवाको आब्स्यकता अनि आमाको अभाव अनुभव गरि रहेकी छु! भन्ने लाखौ हजारौं कुराहरु भए पनि सुनुदिने अनि आत्मबल दिने नहुदा उहीँ कालो बादलले धुम्मिएको आकाश जस्तै छ मन अनि बर्साउन नसकेका ती पानीका ढिक्का अनि खस्न नसकेका यी आसुका थोपा … बिल्कुल उस्तै छन ! जसरी हावा बिना रुख बिरुवा बाच्दैन त्यसरी आफ्ना बिना गारो छ जीवन तर यिनै हावाले कुरुप हुने गरि रुख लाई नाङ्गो पार्दा लाग्छ जसरी मलाइ आफ्नाले रित्तै बनाइदिए यी रुख हरु पनि रित्तिए ! आफ्नाले नै हो लछारपछार पारिदिने भताभुङ्ग पारिदिने … आकाश गर्जियो म तर्सिए झसङ्ग भए लेख्दै गरेका यी अक्षर भन्दा बाहिर तेर्सियो कलम … मलाइ कुनै कथा कबिता होइन बस मनका बह पोख्ने माध्यम बनाइ कोरि रहेकी हुन्छु दुई चार शब्द .. साथिभाइ नभएका पनि होइनन सहानुभूति दया अनि माया भिन्न छ्न ..म आफ्ना मनका दुइचार शब्द आज फलाना सग गरे भने म तत्काल सहानुभूति र दया को पात्र बन्छु मलाई जुन फिटिक्कै मन प्रदैन महोदयहरुमा विनम्र अनुरोध मलाइ सहानुभूति र दया होइन माया अनि बलियो साथको खोजी हो!

मैले २२-२३ औ बसन्त पार गरि सक्दा आज म मज्जाले छुटाउन सक्छु यी तीन सब्दका भिन्नता …देख्नेले भन्दा भोग्नेले बढी जिएको हुन्छ हजुर जीवन .. ती ४० बर्ससम्म जिएको पल्लाघरे साहिलाले भन्दा मैले २३ बर्षमा धेरै जिएकी छु जीवन …. भोगेकी छु जिबनका नमिठा पाटाहरु …. एक दुई थोपा पानी खस्छ आकाश मडारिन्छ .. एक दुई थोपा आँसु खस्छ मन भक्कानिन्छ .. बिल्कुल उस्तै छ प्राकृतिको बेग अनि मेरो मनको बेग ….. प्रकृति आफ्नो कुरुपतालाइ परिवर्तन गर्ने होडबाजीमा बौलाइ रहेछ अनि मेरो मन चैत बैशाखको हुरि सरि बेगिरहेको छ! यो अन्न्जान सहरको स्वार्थी समाज अनि बेरुपी मौसममा म आफ्नो भाग्य बदल्ने कर्म गरि धर्म कमाउने दौडमा छु! थाकेकी छैन थाक्ने पनि छैन बस कमजोर पार्ने तत्व हरुको छाया नपरोस …..

आज पुन आकासको गर्जाइ अनि मौसमको उछृङखलताले पुन ति पुराना यादमा धकलिरहेको छ ….जुन बेजोडले मुटु दुखाउछ….(ढोका ढ्याक ढ्याक आवज आयो …. पूरा मैले पढनै पाइन समिताको डाएरी जस्ताको तस्तै राखी ढोका खोले )उसका ती बलिया हासो पछाडिको नमिठा कथाहरु पढ्दै थिए समिता आइ एकोहोरो समितालाइ हेरि रहे उस्ले कोरेका ती शब्द झलझल समिताका अनुहारमा घुमिरहे …. मलाइ नास्ता दिदै थि समिता नास्ता टेबलमा राखी एक नासले समितालाइ हेरिरहे …… बस हेरिरहे …. मन थामिएन भक्कानिए अनि अङालोमा च्यापिरहे ……….