काठमाडौं। साना कलिला पाइलाहरु फोहोरमा पर्लान कोमल ति पाउहरु बिजाउलान भनी बुबाले सकेसम्म काखैमा राख्नुहुन्थ्यो आमा बराम्बार तोरिका तेल लगाइ आगोमा सेकि रहनुहुन्थ्यो ! साना पाइलाहरु लर्बाराही कतै चोट लाग्ला भनी हरबखत हात नछाड्ने बुबाका ती जिम्मेवार हातहरुका स्पर्श ,स्मरण आज पनि झलझल आखामा आइरहन्छन् ।
ती कलिला पैतालाको फोहोरको भन्दा आजको जिबनयात्रामा हिड्दा लागेका यी ठेसहरुले बढी पिर्दो रहेछ । बिस्तारै पाइला चाल्न खोजेका पैताला मा लागेका मैला बुवाआमा सफा गरिदिनु हुन्थ्यो आज म सिङ्गो आफ्नो जीवन यात्रामा हिनिरहदा मेरा परिपक्क भएका पाइलाहरु लर्बराउदा ,चोट लाग्दा समेत साहानुभुतिका हातहरु भेटिदैन्न !
आज जिम्मेवारी अनि बाध्यताले एक्लै भौतारी रहेकी हुन्छु। कतिपटक लड्छु कहिले सामान्य जस्तो उठ्छु कहिले भैगो अब सक्दिन भनी त्यही लम्पसार परिरहन्छु ।कतिपटक मैले रोजेका बाटाहरु भत्किएका छन ….. पुन साहास र आट बटुलेर अगाडीसम्म जाने कोशिस गर्छु कहिले सबै त्यागि आफै रित्तो हुन्छु ।
सहज देखिने बाटाहरु हिड्दै गर्दा कत्ती पनि सहज लाग्दैन थ्यो लाग्थ्यो त केबल ती बाटाहरु मेरो जीवन देखि को थकान , भत्किएको आत्मबिस्वास अनि शक्ति बिहिन बनेका हातखुट्टा र सिङ्गो शरीरको खिल्ली उडाइ रहेका छन । हिड्दै गर्दा आज जीवनकालको कुन खुड्किला पार गरे त म अनजान नै छु ।र आज पनि म अन्जान यात्रामा नै हिडिरहेकि छु । गन्तव्य भेट्छु या बिचमै बिलाउछु ….समयले बताउला …आफुलाइ बिश्वास गर्दै आफ्ना हरेक पाइलामा गन्तव्य पुग्ने अठोट गरि सर्बसो बिर्सदै बिस्तार बिस्तार पाइला चालेकि हुन्छु ।
उमेर सगै सबै कुरा बदलिन्छन भन्ने कुरा बुज्दै आएकी छु आफ्नो को पराया को भन्ने कुराको आकालन अब म अदालतका न्यायाधीशले अपराधी र बेकसुरको मुद्दा छिने जस्तै गरि अब म प्रष्ट चिन्न सक्छु । आफ्नो गन्तव्यको लागि बाटाहरु अब आफै खन्न सक्छु आफ्नो जिम्मेवारीबाट कहिले पनि ढलपल नहुने गरि आत्मालाइ बिस्वास गर्न सक्छु ।समय अनुसार आज म उमेरले भन्दा भोगाइले धेरै कुराहरु जानेकी छु ।भोको पेटको अशह्यय पिडा म सजिलै महशुस गर्न सक्छु नाङ्गो शरीरको त्यो लाज म अनुभव गर्न सक्छु । समयले धेरै कुराहरु सिकाएको छ् तर अफसोच समयमा सिकाउन नसक्दा धेरै पटक असफल भएकी छु बिधालयका कुनै पनि परिक्षामा असफलको सिढी नदेखेकी म आज बाध्यता र रहरका बीचमा जीवन यात्रामा पटकपटक असफल भएकी छु।
जिम्मेवारी र सहनसिलताको परिक्षा पटकपटक भइरहेकै हुन्छ यसबाट न कहिल्यै पर हट्न सके न कहिल्यै पन्छाउन नै ….मिठो साथ दिए जस्तै गरि बचनको छुरा हान्नेको साथ अनि स्वार्थ लुट्न अघि बढाइएका हात यी दुबैको आज म फरक छुट्टाउन सक्छु समय र उमेरले विभिन्न चरणमा पाठ सिकाएको छ हिजोको गल्तिले भोलिको आसामा नया गति लिनेछ भनी गतिशील पाइलाहरु अघि बढाई रहेकी छु । उमेर सगै समस्या अनि जिम्मेवारी नबढेका पनि होइनन्.. हिड्दा हिड्दै पाइला नथाकेका पनि होइनन्… साहसमा पुर्णबिराम नलागेका पनि होइनन् …..थाकेका पाइला लर्बराई नलडेका पनि होइनन् …….
साहस र आट नटुटेका पनि होइनन् …….आफ्नोपन देखाइ नलुटेका पनि होइनन् सुन्दर सपना देख्न चाहाने आँखा नरुजेका पनि होइनन्…… खुट्टा तानी उठ्नै नसक्ने गरि नपछारेका पनि होइनन् ………सकेसम्मको पछि पार्न र पछार्न नखोजेका पनि होइनन्……. तर आफ्नो लक्ष्य प्रती जिम्मेवार र कटिबद्ध नभएकि पनि होइन हराउन खोज्नेलाइ उल्टै नहरायकि पनि होइन…… बस समयको गतिमा हिड्ने प्रयास गरिरहेकी छु एक एक प्रश्नको उत्तर कर्मबाट काम र जिम्मेवारबाट दिन मात्र खोजेकी हु । ठूलो हुने मन त होइन तर सानो भैरहन न उमेरले दियो न त जिम्मेवारिले नै…….
उस्को डाएरीमा कोरिएको बाकी अंश यती नै थियो मेरा आखामा टिलपिल आँसु थियो आज समिताले ढोका नढकढकाउदै मैले उस्को डाएरी पढे! भन्छामा गए नजिकै कुर्सीमा बसे उसको ती सहासिला शब्द हरु सग उस्को क्रियाकलाप नियाली रहे उसको प्रत्येक शब्दले म आफै समीताको जिवन बिताइरहेकि छु कि जस्तो लाग्थ्यो उसलाई कति सहास आत्मबल र सहनशीलताको आवश्यकता पर्यो होला यो २३औं वसन्त सम्म आइपुग्न ?
कति पटक उसलाई यो जिवन जगत मा जिउन अब सक्दिन भन्ने लाग्यो होला? कति पटक उसले आफ्नो जीवनलाई पूर्णविराम लगाउन कोसिस गरी होला ! पटक पटकको असफलता लाई कसरी सामना गरी होला उसले ? उसका काध हरु कति थाके होलान् जिम्मेवारी अनि बाध्यता ले ? आफ्ना रहर को आफ्नै आँखा अगडि कसरि वली दिई होला उसले !
आफ्नै आँखा अगाडि आफ्ना सपना खरानी हुँदा कसरी मनलाई शान्त पारी होला? तिता क्षणहरु लाई कसरी बलियो हासोमा परिणत गरी होला? आत्मवि्वासको बीउ कसरी रोपी होला ? जीवनका हरेक अप्ठ्यारा सिँढी हरु एकलै चढ्ने निणर्य गर्न कति समय लगाई होला ? अनेकौं किसिमका प्रश्न हरुले मेरो दिमागमा अड्डी लिएको थियो।उसका प्रत्येक शब्दले आत्मबलको परिभाषा दिइरहेको हुन्थ्यो लाग्थ्यो उसलाई कुनै पनि कुराले असर पार्न सक्दैन तर होइन रहेछ उसलाई असर पार्छ तर उसले प्रस्तुत गर्ने तरिका भिन्न रहेछ ऊ आफै संग बढी घुलमिल रहिछ उसले आफैलाई चिन्ने प्रयास गरेकी रहिछ….
यस्तै कुरा मनमा खेलाउदै थिए। आफैमा गर्ब गरे साथी जो त्यति सहासिली छे ! समिताको डायरी पुरै पढ्न पाएकि थिइन तर नपढी मन मानेको पनि थिएन ….बाकी अंस पढ्न सारै मन लागेको थियो आज मौका मिल्यो फेरि ती डायरिका पानाहरु पल्टाउने समिता भान्छा गएको बेला लुकेर पल्टाए उसको डाएरी जहाँ उस्ले मलाइ समेत नभनेका कुराहरु कोरेकी थिइ आफ्ना मनका बह पोखेकी थिइ.. आफूलाई चिन्ने प्रयास गरेकी थिई …….