काठमाडौं। च्याम्पियन्स लिगको क्वार्टरफाइनल खेलमा बार्सिलोना र बार्यन म्युनिखबीच अहिले जारी खेलमा बार्यनले बार्सिलोनाविरुद्ध गोलको वर्षा गरिरहेको छ । बार्यनले बार्सिलोनालाई पहिलो हाफमा ४–१ को फराकिलो अन्तरमा पछि पारेको छ । पोर्चुगलको लिस्वन सहरस्थित स्टाडिया डा लुइज रंगशालामा जारी खेलमा भएका ४ वटै गोल बार्यनले नै गरेको हो । बार्यनले खेल सुरु भएको चौथो मिनेटमै गोल गरेर लिओनल मेस्सीको टिमलाई झट्का दिएको थियो । बार्सिलोनाको पोस्टतर्फको पहिलो मुभमा बार्यनका लागि खेल सुरु भएको ३ मिनेट ५ सेकेन्डमै थोमस मुलरले गोल गरे । तर, गोल गरेको ३ मिनेटपछि नै बार्यनले आत्मघाती गोल हान्यो । बार्सिलोनाका जोर्डी अल्बाको पास क्लियर गर्नेक्रममा बार्यका डिफेन्डर डेभिड अल्बाले आफ्नै पोस्टमा गोल गरेपछि खेल १–१ भयो ।
तर, त्यसपछि बार्यनले बार्सिलोनाको धुलाइ हान्यो । खेलको २१औं मिनेटमा इभान पेरिसिचले बार्यनका लागि दोस्रो गोल गरे भने २७औं मिनेटमा सेर्गे गेनाब्रीले तेस्रो गोल गरे । त्यसपछि ३१औं मिनेटमा मुलरले व्यक्तिगत दोस्रो गोल गरेपछि बार्यन ४–१ ले अघि रह्यो । त्यसपछि पनि बार्यनले २ पटक गोलका अवसर बनाएको थियो । पहिलो हाफमा बार्सिलोनाले बार्यनको पोस्टमा मात्रै २ पटक आक्रमण बुन्यो ।
बार्सिलोनाको ‘धुलाइ’ गर्दै बार्यन : पहिलो हाफमै ठोक्यो ४ गोल !
- प्रकाशित मिति : २०७७ श्रावण ३१, शनिबार
- नेपाल टेल संवाददाता
