काठमाडौं। गायिका आस्था राउतकाे ‘फाट्यो नि माइतीको चिनो’ बोलको गीत सार्वजनिक भएको छ । कृपा अनप्लग्डमा समेत गाइसकेको लोकप्रिय गीत अहिले अफिसियल भिडियोसहित सार्वजनिक भएको हो ।

Advertisement

तीजको अवसरमा महिला दिदीबहिनीहरुका लागि लक्षित यो गीतले एक विवाहित महिलाको कथा भन्छ । तीजको नाममा जे पायो त्यही गीत गाएर भिडियो अप्लोड भैरहेको अहिलेको साङ्गतिक बजारमा यो नयाँ र मौलिक सिर्जनाले माइतीघर, माइती अनि चेलीको सम्बन्धलाई उत्कृष्ट ढङ्गले प्रस्तुत गरिएको छ ।

तीज हाम्रो संस्कृति अनि परम्परा हो । हाम्रा पुर्खाले दिएको अमूल्य निधि पनि हो । अहिलेको आधुनिकताबाट वञ्चित समाज अनि त्यतिबेलाको समाजमा माइती अनि चेलीलाई जोड्ने पुल हो । सुखदु:ख बिसाउने चौतारी हो । यसको यस्तै महिमा हामीले हाम्रा सन्ततीलाई जिम्म दिन सक्नुपर्छ ।


नेपाली सङ्गीतलाई धेरै राम्रा र चर्चित गीत दिसकेकी आस्थाले गीत सार्वजनिक गर्दै आफ्नो फेसबुक पेजमा लेखेकी छिन्, ‘महिलाहरुको विशेष चाड ‘हरितालिका तीज’को शुभ अवसरमा यो गीत मेरो उपहार स्वरुप पस्किँदै छु । आशा छ, मेरा सम्पूर्ण नेपाली, नेपालीभाषी आमा दिदीबहिनीहरुले मेरो यो गीतको भावलाई महसुस गर्न सक्नु हुनेछ र बुबा तथा दाजुभाईहरुले आफ्नो चेलीहरुको मनोभावनालाई अझै नजिकबाट बुझ्न र चिन्न सक्नु हुनेछ । सधैँझै हजुरहरुको माया, सद्भाव, सुझाव र आशिर्वादकाे आसा राखेकी छु ।’

यो गीतमा माइतीसँग टाढा भएकी चेलीले आफ्नो जन्मघर सम्झिएर पोखेको वेदना पोखेकी छिन् । सुरेश अधिकारीको शब्द तथा संगीत रहेको यो गीत आस्थाले साँच्चै मनबाट गाएकी छिन्, सबैको मनमा पुग्न सकेकी छिन् ।

भाइरल टाइपको चर्चित नभए पनि उनको यो गीतको अडियो जसजसले सुनेका थिए उनीहरूको मनमा अमिट छाप बनाउन सफल भएको थियो । एक पटक सुनेकाले पटक पटक सुन्नेगरेको बताउने गरेका छन् ।

शब्द र सङ्गीतको भावलाई आस्थाले अलिकति पनि मर्न नदिई मनको गहिराइबाट गाएकी छिन् । त्यसैले त पब्लिसिटीबिना पनि गीतले श्रोतासामु आफ्नो राम्रो दखल बनाउन सक्यो ।

शान थापाको निर्देशनमा तयार भएको भिडियोमा कलाकार दिया मास्केको अभिनय पनि बेजोड छ । दियाले सिंगो गीतको भावलाई आफ्नो अभिनयमार्फत पोखेकी छिन् । भिडियोमा दियाको साथमा मनोज जोशीलाई देख्न सकिन्छ । अर्जुन तिवारीको छायांकन, सुप्रिम पराजुलीको सम्पादन छ ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

error: