अश्लिल गाली दिँदै सोनिका, के हो कारण ?

  • प्रकाशित मिति : २०७७ भाद्र १, सोमबार
  • नेपाल टेल संवाददाता

काठमाडौं। मोडल तथा युट्युबर सोनिका रोकाया बेलाबखतमा चर्चा र विवादमा आउने गरेकी छिन् ।

केही समय अघि पूर्व युवराज पारश शाहसँगको हिमचीमका कारण चर्चामा आएको रोकाया आज एकाएक पुन चर्चामा आइन् ।



सामाजिक सञ्जाल फेसबुकमा रोकायाले लाइभ गरेपछि उनको चर्चा भइरहेको छ ।

सामाजिक सञ्जालमा निकै आक्रामक र आक्रोशित रुपमा प्रस्तुत भएकी उनले निके अशिष्ट भाषा प्रयोग गरेकी थिइन् ।

आफूले कतिपय कुरा सार्वजनिक स्थल र मञ्चमा नबताउन खोजेपनि आफूलाई बाध्य पारिएको भन्दै उनले आक्रोश पोखेकी छिने ।

कति कुरा सार्वजनिक स्थानमा नबोल्न खोज्दा खोज्दै पनि आवेशमा ल्याउँछन् । उनले भनेकी छिन् ।

आफू पागल भएको भन्दै उनले साइको बनेपछि मान्छे मारेको पनि थाह नहुने भन्दै होरियार हुन चेतावनी पनि दिएकी छिन् ।

राम गौतमको नाम लिँदै उनले निकै आक्रोश पोखिन् ।

म पागल हुँद सबलाई ठोकिदिन्छु उनले लाइभमा भनिन् ।

मानसिक रुपले विक्षिप्त देखिएकी उनले मानिस कसरी पागल हुने रहेछ भन्दै प्रश्न गरेकी छिन् ।

तर उनले तीन मिनेट करिब अश्लिल गाली गर्दै आक्रोश पोखेपनि कारण भने खुलाएकी छैनन् । उनले नाम लिएकी राम भन्ने व्यक्तिले के गरे भन्ने समेत नखुलाएकी सोनिकाले ९ वर्ष आफूले पीडा भोगेको र दैनिक पीडा भोगेको उल्लेख गरेकी छिन् । तर त्यो पीडा शारीरिक वा मानसिक के हो भन्नेबारे भने उनले केही उल्लेख गरेकी छैनन् ।