विश्वमा एकैदिन दुई लाख ५८ हजार नयाँ संक्रमित थपिए

  • प्रकाशित मिति : २०७७ भाद्र ४, बिहीबार
  • नेपाल टेल संवाददाता

काठमाडौं । विश्वमा एकैदिन दुई लाख ५८ हजार नयाँ कोरोना संक्रमित थपिएका छन् । वल्डोमिटर्सका अनुसार बुधबार विश्वमा दुई लाख ५८ हजार ५५९ जना संक्रमित थपिएका छन् । सोही अवधिमा ६ हजार ४३६ जनाको मृत्यु भएको छ।

बुधबार सबैभन्दा धेरै, भारतमा ६९ हजार १९६ जना संक्रमित थपिए । यस्तै, अमेरिकामा ४२ हजार ९८१, ब्राजिलमा ४८ हजार ५४१ जना थपिएका छन्। रुसमा चार हजार ८२८, साउथ अफ्रिकामा तीन हजार ९१६ जना संक्रमित थपिएका वल्डोमिटर्सको तथ्यांक छ।



वल्डोमिटर्सका अनुसार विश्वमा कोरोना संक्रमितको संख्या दुई करोड २५ लाख ५६ हजार १२ पुगेको छ। यसमध्ये एक करोड ५२ लाख ८८ हजार ७७८ जना संक्रमणमुक्त भएका छन् भने सात लाख ८९ हजार ९५५ जनाको मृत्यु भएको छ।