काठमाडाैं । युरोपियन नेशनल लिग फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा जर्मनी र स्वीट्जरल्याण्ड १–१ को बराबरीमा रोकिएका छन्।
समूह ए फोरमा रहेको जर्मनी फुटबलको यो सिजनमा जित विहीन बनेको हो ।
१४ औँ मिनेटमा आइकेली गुण्डोगानको गोलबाट लिएको अग्रता जर्मनीले जोगाउन सकेन । स्वीट्जरल्याण्डका लागि ५७ औँ मिनेटमा सिल्भान विड्मरले बराबरी गोल फर्काए ।
जर्मनी लगातार दुई खेलमा बराबरीमा रोकिएको हो ।