रोनाल्डोको अन्तर्राष्ट्रिय फुटबलमा १ सय गोल

  • प्रकाशित मिति : २०७७ भाद्र २४, बुधबार
  • नेपाल टेल संवाददाता

एजेन्सी। पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा १ सय गोल पूरा गरेका छन् । यूईएफए नेसन्स लिगमा मंगलबार स्वीडेनविरुद्ध खेलका क्रममा रोनाल्डोले फ्रिकिकमा सिधै गोल गर्दै उपलब्धि हासिल गरे ।

रोनाल्डोले झन्डै २५ यार्ड टाढा प्राप्त फ्रिकिकलाई सिधै गोलमा परिणत गरेका थिए । स्वीडेनका डिफेन्डर गुस्टाभ स्वेन्सनले जोआओ मोउटिन्होलाई लडाएपछि प्राप्त फ्रिकिकमा रोनाल्डोको प्रहार गोलरक्षक रोबिन ओल्सनले बचाउने कुनै अवसर नै पाएनन् । रोनाल्डोले पोर्चुगलको जर्सीमा नवौं फ्रिकिक गोल गर्दै १ सय गोल पूरा गरे ।