अनलाइन पढ्ने विद्यार्थीलाई शिक्षा मन्त्रालयले नि:शुल्क डाटा दिने

  • प्रकाशित मिति : २०७७ भाद्र २६, शुक्रबार
  • नेपाल टेल संवाददाता

काठमाडौं । शिक्षा मन्त्रालयले अनलाइन कक्षा लिने विद्यार्थीका लागि निःशुल्क इन्टरनेट उपलब्ध गराउँने भएको छ।

हालै स्वीकृत भएको ‘विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका’को बुँदा नम्बर १५ मा उक्त कुरा उल्लेख छ।



‘नेपाल टेलिकम लगायत इन्टरनेट सेवा प्रदायक संस्थाबाट शैक्षिक प्रयोजनका लागि मात्र हुने गरी निःशुल्क वा सहुलियत शुल्कमा डाटा प्याकेज प्राप्त गरी विद्यालय र विद्यार्थीलाई निःशुल्क उपलब्ध गराउने’ निर्देशिकामा मन्त्रालयको भूमिकाबारे स्पष्ट लेखिएको छ। के छ निर्देशिकामा? तल हेर्नुहोस्

निर्देशिकामा उल्लेख भए बमोजिम अहिले सरकारी क्याम्पसहरुले विद्यार्थीहरुको नम्बर संकलन गर्न थालेका छन्।

सरकारले निशुल्क इन्टरनेट उपलब्ध गराउने भएपछि यसबाट विद्यार्थीलाई राहत मिल्ने छ।