काठमाडाैं । बाहिरिने असफल प्रयासपछि लियोनल मेस्सी पहिलोपटक बार्सिलोनाबाट खेलेका छन् ।
मेस्सी शनिबार राति भएको जिम्नास्टिक डी तारागोनासँगको मैत्रीपूर्ण खेलमा सहभागी भएका हुन् ।
३३ वर्षका मेस्सीले गएको अगस्ट २५ मा बार्सिलोना छोड्न चाहेको भन्दै क्लबलाई पत्र बुझाएका थिए ।
तर ठूलो रकमसहितको रिजिल क्लबका कारण उनी बार्सिलोनामै बस्न बाध्य भएका छन् ।