लियोनेल मेसी बने विश्वको सबैभन्दा बढी कमाउने फुटबलर

  • प्रकाशित मिति : २०७७ भाद्र ३०, मंगलवार
  • nepaltale.com

काठमाडौं । लियोनेल मेसी विश्वको सबैभन्दा बढी कमाउने फुटबलर बनेका छन् ।

फोर्ब्सले जारी गरेको सर्बाधिक कमाउने फुटबलरको सुचीमा मेसीले आफ्ना सदबहार प्रतिद्वन्दी क्रिस्टियानो रोनाल्डोलाई उछिनेका हुन् ।

मेसीको कुल कमाई १२६ मिलियन अमेरिकी डलर रहेको छ ।

जसमा ९२ मिलियन डलर पारिश्रमिक रहेको छ भने विभिन्न ब्रान्डको प्रचार गरे बापत ३४ मिलियन डलर कमाएका छन् ।

त्यस्तै दोस्रो स्थानमा रहेका क्रिस्टियानो रोनाल्डोको कमाई ११७ मिलियन अमेरिकी डलर रहेको फोर्ब्सले उल्लेख गरेको छ ।

जसमा ७० मिलियन डलर पारिश्रमिक रहेको छ भने ४७ मिलियन डलर विभिन्न ब्रान्डको प्रचार गरे बापत कमाएका छन् ।

फोर्ब्सको यस सूचिको तेस्रो स्थानमा ब्राजिलका नेइमार रहेका छन् ।

नेइमारले बार्षिक ९६ मिलियन डलर कमाएका छन् । जसमा ७८ मिलियन डलर पारिश्रमिक रहेको छ भने १८ मिलियन डलर विभिन्न ब्रान्डको प्रचार गरेबापतको कमाई रहेको छ । पीएसजीकै युवा स्टार फ्रान्सका केलियन एमबाप्पे पहिलो पटक सूचीको चौंथो स्थानमा परेका छन् । एमबाप्पेको कमाई ४२ मिलियन अमेरिकी डलर रहेको छ ।

लिभरपुलका मोहमद सलाह ३७ मिलियन अमेरिकी डलर सहित पाँचौं स्थानमा रहेका छन् । यस्तै ३४ मिलियनसहित म्यानचेस्टर युनाइटेडका पाउल पोग्बा छैठौँ, ३३ मिलियन कमाई गरेका बार्सिलोनाका एन्टोनियो ग्रिजम्यान सातौं र २९ मिलियनसहित रियल मड्रिडका ग्यारेथ बेल आठौं स्थानमा छन् ।

त्यस्तै बायर्न म्युनिखका रोबर्ट लेवान्डोस्की २८ मिलियनसहित नवौं र म्यानचेस्टर युनाइटेडका डेभिड डी गिया २७ मिलियनसहित दशौँ स्थानमा रहेका छन् ।