युइएफए च्याम्पियन्स लिग अवार्डको मनोनयन सार्वजनिक, मेसी र रोनाल्डो परेनन्

  • प्रकाशित मिति : २०७७ आश्विन २, शुक्रबार
  • नेपाल टेल संवाददाता

काठमाडाैं । युइएफएले घोषणा गरेको च्याम्पियन्स लिगको व्यक्तिगत अवार्डको मनोनयन सार्वजनिक भएको छ ।

जसमा लियोनेल मेसी र क्रिस्टियानो रोनाल्डो नाम आएको छैन ।



चार पोजिसनका लागि सार्बजनिक भएको मनोनयनमा च्याम्पियन्स लिग जितेको बायर्नका सात खेलाडीले स्थान बनाएका छन् ।

तर १५ बर्षभन्दा बढी विश्व फुटबलमा आफ्नो दबदबा कायम गरेका मेसी र रोनाल्डो भने यस सिजनाको अवार्डमा मनोनयनमा पर्न असफल भएका छन् ।

मनोनयनमा परेका पोजिसन र खेलाडीहरु :

गोलकिपर : केलोर नाभास (पिएसजी), मान्युअल नेउर (बायर्न म्युनिख), जान ओब्लाक (एटलेटिको म्याड्रिड) ।

डिफेन्डर : डेभिड अलाबा, अल्फोन्सो डाभिज र जोशुआ किम्मीच (तिनै जना बायर्नबाट) ।

मिडफिल्डर : केभिन डी ब्रुने (म्यानचेस्टर सिटी), थोमस मुलर (बायर्न म्युनिख) र थियागो अल्कान्तारा (बायर्न म्युनिख) ।

फरवार्ड : नेइमार र किलियन एम्बाप्पे (पिएसजी), रोबेर्ट लेवानडोस्की (बायर्न म्युनिख) ।

युइएफएले च्याम्पियन्स लिग सिजन २०१९र२० को अवार्ड अक्टोबर १ मा घोषणा गर्ने जानकारी दिएको छ ।