बार्सिलोनालाई ८औँ पटक जोआन गाम्पर ट्रफी

  • प्रकाशित मिति : २०७७ आश्विन ४, आईतवार
  • नेपाल टेल संवाददाता

एजेन्सी। बार्सिलोनाले लगातार आठौं पटक जोआन गाम्पर ट्रफी जितेको छ ।

शनिबार भएको खेलमा एल्चेलाई १-० ले पराजित गर्दै बार्सिलोनाले ८औँ पटक ट्रफी उचालेको हो ।



खेलको दोस्रो मिनेटमा नै एन्टोइन ग्रिजमनले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए ।

मेस्सीले सिर्जना गरेको मुभमा जोर्डी अल्बाको क्रसलाई ग्रिजमनले गोल गरे ।