तिमी गर्छ्यौ चिप्ला कुरा, मन रोएको बेला
गर्छ्यौ छाडी जाने कुरा,एक्लो भएको बेला
धनले मात्र मन कमाउने कस्तो विचार तिम्रो
गरीबले नि छानो छाएकै छन पानी चुहिएको बेला
दुख पछि सुख पनि त्यती नै छिटो छिटो अाउनु नी
जसरी चाडपर्व अाउछन,पोरकै ऋण भएको बेला
संविधानकै दफा देखाउदै किन गर्छौ न्यायका कुरा
पाच वर्ष अघि बलात्कृत बैनीले अझै न्याय नपाएको बेला ।