कामठाडौं । बलिउड अभिनेता सुशान्तसिंह राजपुतको मृत्यु प्रकरणकाे अनुसन्धानका क्रममा अभिनेत्री दीपिका पादुकोणको नाम पनि जोडिएको छ ।
भारतीय दुई टिभी च्यानल आजतक र रिपब्लिकले ३ वर्षअघि गरेको कुराकानी उधृत गर्दै दीपिका पादुकोण पनि लागुऔषधमा संलग्न भएको दाबी गरिएको हो ।
दैनिक भास्करका अनुसार घटना अनुसन्धान गरिरहेको एनसीबीले यो घटनामा दीपिकाको म्यानेजर करिश्मा प्रकाशलाई सोधपुछ गरेको हो ।