काठमाडाैं । राजस्थान रोयल्सले युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ ।
सारजाहमा आइतबार राति किङ्स इलाभेन पन्जाबलाई विकेटले ४ पराजित गर्दै राजस्थानले लगातार दोस्रो जित निकालेको हो ।
सारजाह क्रिकेट स्टेडियममा पन्जाबले दिएको २ सय २४ रनको फराकिलो लक्ष्य राजस्थानले १९ ओभर ३ बलमा ६ विकेट गुमाएर पुरा गर्यो ।
राजस्थानको यो कीर्तिमानी जित समेत हो । आईपीएलको इतिहासमा कुनैपनि टोलीले सफलतापूर्वक पुरा गरेको यो सर्वाधिक ठूलो योगफल हो ।
राजस्थानको जितमा सन्जु सामसनले ८५ रनको अर्धशतकीय इनिङ्स खेले ।
कप्तान स्टिभ स्मिथले ५० रनको अर्धशतकीय इनिङ्स खेल्दै पेभेलियन फर्किए ।
राहुल टेवटियाले ५३ रनको अर्धशतकीय इनिङ्स खेले । उनी राजस्थानको जितमा मुख्य नायक बने ।
टेवटियाले विस्फोटक ब्याटिङ गर्दै ३१ बलमा ७ छक्का प्रहार गरे । उनले १८ औं ओभरमा पन्जाबका कोट्रेललाई एकै ओभरमा ५ छक्का प्रहार गरेका थिए ।