आईपीएलः बेङ्ग्लोरको दोस्रो जित

  • प्रकाशित मिति : 2020-09-29
  • nepaltale.com

काठमाडौं। युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा रोयल च्यालेन्जर्स बेङ्ग्लोरले दोस्रो जीत हासिल गरेको छ ।

गएराति भएको खेलमा साविक विजेता मुम्बई इन्डियन्सलाई सुपर ओभरमा पराजित गर्दै बेङ्ग्लोरले दोस्रो जीत हात पारेको हो ।

बेङ्ग्लोरले मुम्बईलाई २ सय २ रनको लक्ष्य दिएको थियो । मुम्बईले २० ओभरमा ५ विकेटको क्षतिमा २ सय १ रन बनाएपछि खेल सुपर ओभरमा गएको थियो ।

सुपर ओभरमा मुम्बईले १ विकेट गुमाएर ७ रन बनायो। बेङ्ग्लोरले बिना विकेटको क्षति ११ रन बनायो । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बेङ्ग्लोरले २० ओभरमा ३ विकेट गुमाएर २ सय १ रन बनाएको थियो ।