आईपीएल क्रिकेटमा कलकत्तासँग राजस्थान पराजित

  • प्रकाशित मिति : २०७७ आश्विन १५, बिहीबार
  • नेपाल टेल संवाददाता

काठमाडाैं । इण्डियन प्रिमियर लिग अन्तर्गत कोलकोता नाइटराइडर्सले राजस्थान रोयल्सलाई ३७ रनले पराजित गरेको छ ।

कोलकोताले दिएको १७५ रनको लक्ष्य पछाएको राजस्थानले २० ओभरमा ९ विकेट गुमाउदै १३७ रन मात्र बनाएको थियो ।



राजस्थानका लागि टम कुरानले ३६ बलमा अविजित ५४ रन बनाए भने जस बटलरले २१ रन बनाएका थिए । त्यस्तै राहुल तेबातियाले १४ रन बनाएर आउट भए भने अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाएनन् ।

कोलकोताका बलर शिभम माभी, कमलेस नगरकोटी र वरुण चक्रवर्तीले २(२ विकेट लिए भने सुनिल नारन, कुलदीप यादव र पाट कमिन्सले एक एक विकेट लिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको कोलकोताले २० ओभरमा ६ विकेट गुमाउदै १७४ रन बनाएको थियो ।

कोलकोताका लागि शुभम गीलले ४७ रन बनाए भने आन्द्रे रशेलले २४ रनको योगदान दिए । त्यस्तै नितिस राणाले २२ रन बनए भने सुनिल नारनले १५ रन बनाए ।

त्यस्तै कप्तान दिनेश कार्तिक १ रन बनाएर आउट भएका थिए । त्यस्तै पाट कमिन्सले १२ रन बनाएका थिए भने इयोन मोर्गनले अविजित ३४ रन र कमलेश नगरकोटीले ८ रन बनाएका थिए ।

आइपिएल अन्तर्गत आज किंग इलेभेन पञ्जाब र मुम्बई इण्डियन्सबीच हुदै छ ।