लागुऔषधसम्बन्धी मुद्दामा शाहरुख खानसहित एकैपटक चार अभिनेताको नाम जोडियाे

  • प्रकाशित मिति : 2020-10-01
  • nepaltale.com

काठमाडाैं । भारतीय फिल्म क्षेत्रमा लागुऔषधसम्बन्धी मुद्दामा शाहरुख खानसहित एकैपटक चार अभिनेताको नाम जोडिएको छ ।

यसअघि अभिनेत्रीे नाम मात्र मुछिएकामा अहिले अभिनेता शाहरुख खान, रणवीर कपुर, अर्जुन रामपाल र डिनो मोरियाको नाम पनि जोडिएको हो ।

एनसीबीले अनुसन्धान गर्ने क्रममा उनीहरुको नाम पनि मुछिन आएको दैनिक भास्करले जनाएको छ ।

एनसीबीका अधिकारीलाई उधृत गर्दै दैनिक भास्करले अर्जुन रामपालले शाहरुख खानलाई ड्रग्स सप्लाई गर्ने गरेको खबर लेखेको छ।

दिल्लीका एनसीबी अधिकारीले नाम गोप्य राख्ने सर्तमा ड्रग्स कनेक्सनमा बलिउडका ठूला नायकको नाम खुलासा गरेको दैनिक भास्करले जनाएको छ।