काठमाडौं उपत्यकामा थप २ हजार ४ सय २ जनामा कोरोना पुष्टि

  • प्रकाशित मिति : २०७७ आश्विन ३०, शुक्रबार
  • nepaltale.com

काठमाडौं । काठमाडौं उपत्यकामा थप २ हजार ४ सय २ जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन्।

शुक्रबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप २ हजार ४ सय २ जनामा कोरोना पुष्टि भएको हो।

त्यसमध्ये काठमाडौंका १ हजार ७ सय ८४ जना, भक्तपुरका २ सय ४४ जना र ललितपुरका ३ सय ७४ जना छन्।

पछिल्लो २४ घन्टामा नेपालमा थप २१ जनाको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप २१ जनाको कोरोनाका कारण मृत्यु भएको पुष्टि गरेको छ ।

यससँगै नेपालमा कोरोनाका कारण अहिलेसम्म ७ सय १५ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घन्टामा नेपालमा थप ४ हजार ३सय ९२ जना कोरोना संक्रमित भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार नेपालका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ४ हजार ३ सय ९२ जनामा संक्रमण पुष्टि भएको छ ।

यससँगै नेपालमा१ लाख २६ हजार १ सय ३७ जना कोरोना संक्रमित बनेका छन् ।