अमेरिकामा ७.३ रेक्टरको भूकम्प

  • प्रकाशित मिति : 2020-10-20
  • nepaltale.com

काठमाडौं । अमेरिकाको होमरमा अलास्का नजिक ७.३ रेक्टरको भूकम्प गएको छ ।

भूकम्पपछि सुनामी आउने चेतावनी जारी गरिएको हो ।



केही स्थानमा सुनामीका साना लहर पनि देखिएको समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् ।

नेशनल सेन्टर फर सिस्मोलोजीका अनुसार भूकम्पको केन्द्र होमर अलास्कादेखि ७३५ किलोमिटर दक्षिणपश्चिम छ ।

भूकम्प १० किलोमिटरको गहिराइमा गएको अधिकारीहरुले जनाएका छन् ।

भूकम्प नेपाली समयअनुसार बिहान साढे २ बजेतिर गएको छ ।