शक्तिशाली भुकम्प गएको ५ बर्ष पूरा

  • प्रकाशित मिति : २०७७ बैशाख १२, शुक्रबार
  • nepaltale.com

आजभन्दा ठीक पाँच वर्षअघि विसं २०७२ वैशाख १२ गते बिहान ११ बजेर ५६ मिनेटमा गोरखाको बारपाकमा केन्द्रविन्दु भई विनाशकारी भूकम्प गएको थियो ।

भूकम्प र त्यसपछिका पराकम्पबाट करिब नौ हजार व्यक्तिले ज्यान गुमाउनुपर्‍यो भने मुलुकले करिब रु सात खर्ब बराबरको आर्थिक क्षति बेहोर्नुपर्‍यो ।