पाँचथर जिल्लामा समुदाय स्तरमै कोरोना संक्रमण

  • प्रकाशित मिति : २०७७ कार्तिक १६, आईतवार
  • nepaltale.com

पाँचथर। पाँचथर जिल्लामा समुदाय स्तरमै कोरोना संक्रमण फैलिन थालेको छ ।

पछिल्लो पटक गरिएको स्वाब परिक्षणमा जिल्ला सदरमुकाम रहेको फिदिम नगरपालिकामा ४ सहित मिक्लाजोङमा ६ फाल्गुनन्दमा २ र फालेलुङमा १ गरी सकृय संक्रमितको संख्या १३ रहेको स्वास्थ कार्यालय पाँचथरका कोरोना फोकल पर्सन तेजबहादुर तुम्बापोले जानकारी दिनुभयो ।

उहाँका अनुसार संक्रमित मध्ये अधिकांश होम आइसोेलेसनमा छन । फिदिममा संक्रमण पुष्टि भएका ४ मध्ये २ जना थुनुवा सहित फिदिम १ मा १ जना र फिदिम ५ मा १ जना समुदाय स्तरका छन ।

यस्तै मिक्लाजोङका ६ मध्ये १ जना स्वास्थकर्मी सहित ५ जना समुदाय स्तरका, फाल्गुनन्दका दुवै जना समुदाय स्तरका नागरिक रहेको स्वास्थ कार्यालय पाँचथरले जनाएको छ ।

उता फालेलुङका १ जना बैदेशिक रोजगारीबाट फर्केका नागरिक हुन । हालसम्म संक्रमण पुष्टि भएका १३ मध्ये ७ जना होम आइसोलेसनमा रहेको वताइएको छ ।-मितेरिडटकमबाट