आज पनि बस्दै छ कांग्रेस शीर्ष नेताको बैठक

  • प्रकाशित मिति : २०७७ कार्तिक २१, शुक्रबार
  • नेपाल टेल संवाददाता

काठमाडौं। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका शीर्ष नेताको बैठक आज पनि बस्ने भएको छ।

वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले बुझाएको विरोध पत्रमा छलफल गर्न बिहीबार बसेको बैठक टुंगोमा पुग्न नसकेपछि बैठक आज पनि बस्ने भएको हो।



बैठक देउवा निवास बुढानीलकण्ठमा आज मध्यान्ह साढे १२ बजे बस्नेछ।

बिहीबारको बैठकमा सभापति शेरबहादुर देउवाले विभाग गठनको निर्णय फिर्ता नहुने बताएका थिए।

विभाग बाहेक अन्य विवादित मुद्दामा छलफल गर्न सकिने देउवाको भनाइ थियो।

विधानतः २८ हुनुपर्ने विभागलाई ४७ पुर्या इएको छ। २० विभागका प्रमुख र सदस्यले देउवाले मनोनयन गरिसकेका छन्।

बिहीबारको बैठकबाट पनि आफूहरु आशावादी नभएको वरिष्ठ नेता पौडेल पक्षले जनाएको छ।

पौडेल पक्षले पेश गरेको १६ बुँदेमा बिहीबार छलफल भए पनि संस्थापन पक्ष विगतको निर्णयको बचाउमै देखिएको थियो।