विश्वमा एकैदिन ६ लाख १६ हजार बढीमा कोरोना संक्रमण

  • प्रकाशित मिति : २०७७ कार्तिक २२, शनिबार
  • नेपाल टेल संवाददाता

काठमाडौं । विश्वमा एकैदिन ६ लाख १६ हजार २० जनामा संक्रमण देखिएको वल्डोमिटर्सले जनाएको छ । यो संख्या अहिलेसम्मकै उच्च हो ।

त्यस्तै एकैदिन विश्वमा ९ हजार २५ जनाले ज्यान गुमाएका छन् । सबै भन्दा धेरै संक्रमित अमेरिकामा देखिएका छन् ।



अमेरिकामा एकैदिन १ लाख २५ हजार ८ सय २२ जनामा संक्रमण देखिएको छ भने ११ सय ९४ जना संक्रमितको मृत्यु भएको छ ।

त्यस्तै भारतमा एकैदिन ४९ हजार ७ सय ३९ जनामा संक्रमण देखिएको छ भने ५ सय ७६ जना संक्रमितको मृत्यु भएको छ ।