भारतीय विदेश सचिव नेपाल आउने

  • प्रकाशित मिति : २०७७ कार्तिक २५, मंगलवार
  • नेपाल टेल संवाददाता

काठमाडौं । भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृङ्ला नेपाल आउने भएका छन्।

भारतीय सञ्चार माध्यमका अनुसार यो महिनाको अन्तिममा उनी काठमाडौं आउन लागेका हुन।



कालापानी, लिपुलेक, लिम्पियाधुरा मुद्धाका कारण दुई बर्ष देखी बिग्रिँदै आएको दुई देशको सम्बन्ध सुधारका लागि विदेश सचिवको भ्रमणले पहल गर्ने ठानिएको छ।

भारतीय पत्रिका हिन्दुस्तान टाइम्सका अनुसार नेपाल-भारत सम्बन्ध सुमधुर बनाउन सिङ्ग्रलाको भ्रमण तय भएको हो।

https://twitter.com/htTweets/status/1325820440921698313?s=19
नेपाल भ्रमणकाक्रममा उनले प्रधानमन्त्री, राष्ट्रपति तथा राजनीतिक दलका नेताहरुसँग भेटघाट गर्नेछन्।

नेपाल-भारतबीच सम्बन्धमा तनाव उत्पन्न भएपछि हालैका दिनमा भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख सामन्त कुमार गोयर र सेनाध्यक्ष मनोज मुकुन्द नरवणे नेपाल भ्रमण सकेर स्वदेश फर्किसकेका छन्।

रअ प्रमुख र भारतीय सेनाध्यक्षले नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि भेटेर दुई देशबीचको सम्बन्ध सुधारको विषयमा छलफल गरेका थिए।