आज २१ सय ११ कोरोना संक्रमित थपिए, ३५ सय बढी डिस्चार्ज

  • प्रकाशित मिति : २०७७ कार्तिक २८, शुक्रबार
  • नेपाल टेल संवाददाता

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २१११ कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार सोही अवधीमा १३ जनाको मृत्यु भएको छ भने ३५३७ जना संक्रमणमुक्त भएका छन्।



यो सँगै देशभर संक्रमित हुनेको संख्या २,०६,३५३ पुगेको छ भने मृतकको संख्या १,२०२ पुगेको छ।

यस्तै १,६८, १२९ जना संक्रमणमुक्त भएका छन्।