आइसियूमा पुगेका मनोज गजुरेलले कोरोना जिते

  • प्रकाशित मिति : 2020-11-15
  • nepaltale.com

काठमाडौं । चर्चित हास्यकलाकार मनोज गजुरेल कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन् । अस्पतालमा उपचाररत उनी आज डिस्चार्ज भएका हुन् ।

आफू ११ दिनको अस्पताल बसाइपछि घरमा आएर आराम गरिरहेको आइतबार बिहान सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी दिएका हुन् ।



गजुरेललाई कोरोना संक्रमण भएको कार्तिक १० गते पुष्टि भएको थियो ।

त्यसपछि होम आइसोलेसनमै रहेका उनलाई स्वास्थ्यमा समस्या देखिएपछि १९ गते काठमाडौंको बलम्बुस्थित सशस्त्र प्रहरी कोभिड अस्पतालमा भर्ना भएका थिए ।

स्वास्थ्यमा थप समस्या देखिएपछि आइसीयूमा राखेर उपचार गरिएको थियो ।