कोरोना भाइरसको संक्रमणका कारण पाँचथरका एक बृद्धको मृत्यु

  • प्रकाशित मिति : २०७७ कार्तिक ३०, आईतवार
  • nepaltale.com

पाँचथर। कोरोना भाइरसको संक्रमणका कारण पाँचथरका एक बृद्धको ज्यान गएको छ ।

हिलिहाङ ३ घर भएका ७४ वर्षीय पुरुषको आज बिहानै निधन भएको हो । केहिदिनअघि ज्वरो र स्वास प्रश्वासको समस्या देखिएपछि ती पुरुष सबैभन्दा पहिले गोपेटार स्थित प्राथमिक स्वास्थ केन्द्रमा पुगेका थिए ।

त्यसपछि थप उपचारका लागि फिदिम स्थित पाथिभरा अस्पतालमा चारदिन वसेर रेफर भएपछि हिजो शनिवार मात्रै नोबेल अस्पताल बिराटनगर पुगेका उनको स्वाब परिक्षण गर्दा पोजिटिभ आएको थियो ।

त्यसपछि सोहि अस्पतालमा आइसियुमा राखी उपचार गर्ने क्रममा आज बिहानै उनको निधन भएको हो । बृद्धमा काेराेना संक्रमण देखिनासाथ पश्चात उनको कन्ट्राक्ट टेसिङ गर्दा गोपेटार र फिदिम बजारका विभिन्न स्थान र व्यक्तिसँगको सम्पर्क भएको पाइएकाले हिलिहाङ ३ गोपेटार बजार क्षेत्रलाइ सिल गरि सकिएको वडाध्यक्ष मदन गौतमले जानकारी दिए ।

कोरोना संक्रमण हुनुअघि ती बृद्धले दम र मधुमेहको नियमित औषधी सेबन गर्दै आएको प्राथमिक स्वास्थ केन्द्र गोपेटारका प्रमूख चन्द्र घिमिरेको भनाई छ । संक्रमण पश्चात मृत्यू भएका व्यक्तिको अन्तिम सस्कार फिदिम स्थित हेँवा खोला घाटमा ल्याएर गर्ने तयारी भइरहेको परिवारका सदस्यहरुले जनाएका छन ।